२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

भन्सार छलेको प्याजसहितको ट्रक प्रहरीद्वारा नियन्त्रणमा

माधव ढुंगाना

भैरहवा — भन्सार छलेर चोरी पैठारी गरी नेपाल भित्राइएको २ लाख १० हजार रुपैयाँ मुल्यको ६१ बोरा प्याज रुपन्देही प्रहरीले बिहीबार एउटा मिनी ट्रकबाट बरामद गरेको छ ।

भन्सार छलेको प्याजसहितको ट्रक प्रहरीद्वारा नियन्त्रणमा

भैरहवा–लुम्बिनी सडक खण्डको गुरबनिया भन्ने ठाउँमा इलाका प्रहरी कार्यालय बेथरी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लु १ क ७४६ नम्बरको ट्रकमा चेकजाच गर्दा उक्त परिमाणको प्याज बरामद गरेको हो ।

प्याजको साथमा प्रहरीले उक्त ट्रक सहित लुम्बिनी साास्कृतिक नगरपालिका–११ निवासी ३४ बर्षिय ट्रक चालक अवरार अहमद मुसलमानलाईपनि नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको ट्रकको मुल्य १० लाख रुपैयाँ रहेको अनुमान प्रहरीले गरेको छ ।

बरामद भएको प्याज र नियन्त्रणमा लिइएको ट्रक चालक सहित ट्रकलाई बिहीबार नै भैरहवा भन्सार कार्यालयमा पठाइएको जिल्ला प्हरी कार्यालय रुपन्देहीका डिएसपी लक्ष्मी खनालले बताइन् ।

यस अघि गत बुधवार र मंगलबार पनि रुपन्देही प्रहरीले रुपन्देहीको विभिन्न स्थानबाट भन्सार छलेर भित्राइएको कुल १ सय ८० बोरा प्याज, ढुवानीका लागि प्रयोग भएका दुईवटा मोटरसाइकल र लु २ ख ५३०४ नम्बरको ट्रक नियन्त्रणमा लिइ ट्रक चालक मायादेवी गाउँपालिका–६ निवासी २० बर्षिय को ईन्द्र कुमार राजभर समेतलाई भैरहवा भन्सार कार्यालयमा पठाएको थियो ।

प्रकाशित : चैत्र २२, २०८० १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?