२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

हत्या आरोपी १८ वर्षपछि पक्राउ

माधव ढुंगाना

भैरहवा — विगत १८ वर्षदेखि प्रहरीको खोजी सूचीमा  रहेका कर्तव्य ज्यान मुद्दाका एक आरोपी पक्राउ परेका छन् । साविक रुपन्देहीको गंगोलिया गाविस ५ (हाल तिलोत्तमा नगरपालिका १७) दरखसवा निवासी रामपृत मल्लाह नामका आरोपी सुनौली नाकाबाट पक्राउ परेका रुपन्देही प्रहरीले जनाएको छ ।

हत्या आरोपी १८ वर्षपछि पक्राउ

स्थानीय जंगबहादुर यादवको २०६२ पुस २५ गते भएको हत्यामा संलग्न रहेको उनीमाथि आरोप छ ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जित सिंह राठौरले मल्लाहलाई भारतको सुनौली नाकाबाट नेपाल आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले सिद्धार्थनगर नपा १ बेलहियाबाट पक्राउ गरेको हो । रामपृतलाई अनुसन्धानका लागि रुपन्देही अदालतबाट १० दिनको म्याद थप भइसकेको उनले बताए ।

एसपी राठौरका अनुसार, यादवको हत्यापछि पीडित पक्षले मल्लाहविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि अभियुक्त फरार भएका थिए । उनीमाथि अदालतद्वारा पक्राउ पुर्जीसमेत जारी भएको थियो । मल्लाहमाथि इलाका प्रहरी कार्यालय बुटवलबाट थप अनुशन्धान भइरहेको छ ।

२०६२ पुस २५ गते राति २ बजेतिर आफ्नै घरमा सुतिरहेका जंगबहादुरको गोली प्रहार गरी हत्या भएको थियो । गाउँकै सार्वजनिक जग्गामा मल्लाहले घरटहरा बनाएको र त्यस ठाउँमा मन्दिर बनाउने विषयमा विवाद भएको थियो ।


प्रकाशित : चैत्र १३, २०८० १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?