कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनुदानको मल बिक्री गर्न खोज्‍ने दुई पक्राउ

प्यूठान — किसानहरुका लागि अनुदानमा आएको मलमा कालोबजारी गर्न खोज्‍न दुई जनालाई प्यूठान प्रहरीले पक्राउ गरेको छ । प्यूठान नगरपालिका-९ मरन्ठानाको दीर्घायू कृषि सहकारी लागि आएको युरिया मल कपिलवस्तु बिक्रीका लागि पठाउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

अनुदानको मल बिक्री गर्न खोज्‍ने दुई पक्राउ

पक्राउ पर्नेहरुमा शिवराज नगरपालिका–३ खरेन्द्रपुरका विवश क्षेत्री तथा सोही ठाउँका केशर महतरा छन् ।

उनीहरुले मंगलबार राति सहकारीका लागि आएको अनुदानको ३५ बोरा युरिया मल कपिलवस्तुको चन्द्रौटातर्फ बिक्रीका लागि पठाउँदै गर्दा प्यूठान-८ बाग्दुलाबाट मलसहित उनीहरुलाई पक्राउ गरेको हो । लु १ च ६१७१ नम्बरको पिकअप जिपमा मल बाहिर लग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिए ।

सहकारीका अध्यक्ष दीपेन्द्र केसीले सहकारीले तोकेको बिक्रेताबाट गल्ती भएको स्वीकार गरेका छन् ।

प्रकाशित : पुस १५, २०७८ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?