कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

६ स्थानमा ट्राफिक लाइट

लुम्बिनी — बेलहिया सडक खण्डमा सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा ट्राफिक लाइट जडान गरेका छन् । तिलोत्तमाको मणिग्राम, ड्राइभरटोल, भलवारी र कोटिहवामा लाइट सञ्चालनमा छ ।

६ स्थानमा ट्राफिक लाइट

सिद्धार्थनगरको देवकोटा चोक र बुद्धचोकमा लाइट जडान गरिएका हुन् । लाइट जडान भएसँगै सवारी व्यवस्थापन सहज भएको छ । ६ लेन सडक निर्माण भएपछि लाइटको आवश्यकता पर्छ भन्ने बुझेर सुरुमा मणिग्राम चोकमा लाइट जडान गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले बताए ।

चार चोकमा जडान गर्दा ५० लाख रुपैयाँ खर्च भएको भन्दै उनले ट्राफिक लाइट जडानपश्चात् दुर्घटना न्यूनीकरण भएको प्रतिक्रिया प्रहरीबाट पाएको जनाए । सिद्धार्थनगरका दुई चोकमा ट्राफिक लाइटका लागि ४१ लाख रुपैयाँ कार्यपालिकाको निर्णयबाट छुट्याएको र सोही अनुसार काम गरेको उपप्रमुख उमादेवी काफ्लेले बताइन् ।

प्रकाशित : मंसिर २३, २०७८ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?