कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिवेणी–५ पहिलो बालमैत्री वडा

काशीराम डाँगी

रोल्पा — बालबालिकालाई श्रमबाट मुक्त गरिएको उद्घोसहित रोल्पाको त्रिवेणी गाउँपालिका–५ लाई बालमैत्री वडा घोषणा गरिएको छ । सबै वडालाई बाल श्रममुक्त घोषणा गर्ने लक्ष्यसहित गाउँपालिकाको पहलमा ५ नं वडालाई पहिलोपटक यस्तो घोषणा गरेको बताइएको छ।

त्रिवेणी–५ पहिलो बालमैत्री वडा

संघीय संरचनापछि बालश्रमबाट मुक्त गरिएको यो पहिलो वडा हो । बालश्रम मुक्त गर्न गाउँपालिकाले निर्माण गरेको तीनवर्षे रणनीतिक योजना एवं लक्ष्य अनुसार सबै ७ वडामध्ये ५ नम्बरलाई बालमैत्री एवं बालश्रममुक्त बनाइएको हो । वडालाई बालश्रम मुक्त घोषित गर्दै गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले सामाजिक विकासका लागि विद्यालय, अभिभावक र जनप्रतिनिधिको पहलमा वडालाई बाल श्रममुक्त बनाएको बताए ।

‘असल अभिभावक, सुरक्षित बालबालिकाः सुखी र समृद्ध त्रिवेणी गाउँपालिका’ मूल नारासहित बाल श्रम निवारण गर्न गाउँपालिकाले यस सम्बन्धी रणनीतिक योजना बनाएको हो,’ उनले भने ।

बालश्रम मुक्त गरेसँगै उक्त वडाभित्र बालबालिकालाई श्रममा लगाउन पूर्ण रोक लगाइएको छ । घरमा वा बजारमा कतै पनि बालबालिकालाई श्रममा लगाउन नपाउने उक्त नीतिमा उल्लेख छ ।

व्यापक छलफल र बहसपछि गाउँपालिकाले बाल श्रम निवारण सम्बन्धी योजना २०७५—२०७७ नीति पारित गरेको थियो । उक्त नीति गाउँपालिकाले पनि कार्यान्वयन गर्ने चरणमा रहेको जनाएको छ ।

आफ्नो वडालाई बालश्रममुक्त घोषणा गरेपछि वडा नं. ५ का अध्यक्ष कृष्णबहादुर केसीले खुसी व्यक्त गर्दै थप जिम्मेवारी आएको प्रतिक्रिया दिए । ‘अब हामीमा थप जिम्मेवारी थपिएको छ । बालबालिकालाई श्रममा लगाउनबाट रोक्न आवश्यक योजना र कार्यक्रम ल्याइसकेका छौं ।’ उनले भने ।

अन्यत्र जस्तै यस गाउँपालिकाबाट पनि विद्यालय पढ्ने उमेरका बालबालिका इट्टा भट्टा, होटल, उद्योग लगायत स्थानमा जोखिमपूर्ण श्रम गर्ने चलन थियो ।

प्रकाशित : मंसिर १७, २०७८ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?