कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कास्की बस दुर्घटना : उपचारका क्रममा चालकको मृत्यु

प्रतीक्षा काफ्ले

कास्की — सुनौलीबाट म्याग्दीका लागि छुटेको यात्रुवाहक बस मंगलबार बिहान कास्कीमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कास्की बस दुर्घटना : उपचारका क्रममा चालकको मृत्यु

पाल्पा घर भएका ४६ वर्षीय भुपेन्द्र भन्ने भुपनाथ खनालको बसले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उपचारको क्रममा पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

बाँकी ८ जना घाइते भएका छन् । उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए । लु१ख ७७६८ नम्बरको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बिहान ६ बजेर ५० मिनेटमा सडकबाट अन्दाजी ३० मिटर तल खसेको डीएसपी तिवारीले जनाए ।

प्रकाशित : मंसिर १४, २०७८ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?