कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस नवलपुर क्षेत्र २ मा पुन: मगणनाको माग

नवीन पौडेल

नवलपुर — निर्वाचन निर्देशिका अनुसार मतगणना नभएको भन्दै पूर्वी नवलपरासीको क्षेत्र नम्बर २ का उम्मेदवारले पुन: मतगणनाको माग गरेका छन् । क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मतगणना केन्द्रको निर्देशिका विपरीत भएको भन्दै क्षेत्रीय सभापतिका उम्मेदवारसहित केही महाधिवेशन प्रतिनिधिका उम्मेदवारले निर्वाचन समितिले घोषणा गरेको नतिजा अमान्य हुने भन्दै पुन: मतगणनाको माग गरेका हुन् ।

कांग्रेस नवलपुर क्षेत्र २ मा पुन: मगणनाको माग

मंसिर ७ गते सम्पन्न भएको निर्वाचनमा क्षेत्रीय सभापतिका उम्मेदवारहरू सूर्यबहादुर गुरुङ र जगत कार्कीले समान ३ सय ९४ मत पाएपछि विवाद सुरु भएको थियो। पुन: मत गणनाको माग गर्दै सूर्य बहादुर गुरुङले नतिजा स्वीकार नगरेपछि क्षेत्रीय निर्वाचन समितिले शनिबार पार्टी कार्यालय बीपी भवन कावासोतीमा पुनः मतगणना गरेको थियो ।

पुन: मतगणनामा पनि बरामर मत प्राप्त भएपछि गोला प्रणाली हुनुपर्ने प्रावधान भए पनि निर्वाचन समितिले निर्णय गर्न सकेको छैन । मतगणनामा निर्देशिका विपरीत मत गणना गरिएको र बदर मतलाई सदर गरिएकोले पार्टीको निर्वाचन निर्देशिकाले तोके बमोजिम मत गणना गर्न माग गरिएको अधिवक्ता एवं महाधिवेशन प्रतिनिधिका उम्मेदवार श्रीधर शर्माले बताए ।

मतपरिणामबाट असन्तुष्ट रहेको एक समूहले जिल्ला निर्वाचन समिति समक्ष निवेदन पेश गरेको छ । क्षेत्रीय कार्यसमितिका उम्मेदवार सूर्य गुरुङ, महाधिवेशन प्रतिनिधि पदका उम्मेदवाहरू हेमुशंकर देवकोटा, खिमनाथ धरेल, लक्ष्मीदेवी पाण्डे, लक्ष्मी मैनाली, रेवती सारु र दुर्गा बहादुर रानाले संयुक्त रुपमा नेपाली कांग्रेस जिल्ला निर्वाचन कार्यालय नवलपुर, क्षेत्र नं. २ निर्वाचन कार्यालय चोरमारालाई पत्र लेख्दै हाल भएको मतपरिणाम घोषणा नगर्न र अहिलेको पक्रिया अमान्य राख्नुपर्ने माग गरेका छन् ।

प्रकाशित : मंसिर १३, २०७८ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?