कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

कांग्रेस दाङको सभापतिमा डाँगी

दुर्गालाल केसी

दाङ — दाङ कांग्रेसको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन् । कोइराला-पौडेल पक्षका डाँगीसँग अन्य तीनजनाले जिल्ला सभापतिमा उम्मेदवारी दिएका थिए ।

कांग्रेस दाङको सभापतिमा डाँगी

शनिबार भएको निर्वाचनमा डाँगीले ७७६ मत ल्याए । उनका प्रतिस्पर्धीहरु भूपबहादुर डाँगीले ५४५, जानकीलाल बस्नेतले ४७१ र कमल किशोर घिमिरेले ३१५ मत पाएका थिए । प्रथम हुने उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि सभापतिको लागि आइतबार पुनः निर्वाचन हुने तयारी भए पनि सहमति पश्चात् शंकर जिल्ला सभापति निर्वाचित भएका हुन् ।

भूपबहादुरले शंकरलाई सभापतिमा समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएपछि शंकरलाई सभापति घोषणा गरिएको हो ।

प्रकाशित : मंसिर १२, २०७८ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?