कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस रुपन्देहीको सभापतिमा खाँण निर्विरोध

सन्जु पौडेल

तिलोत्तमा — नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा संस्थापन पक्षका रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खाँण निर्विरोध निर्वाचित भएका हुन् । वर्तमान सभापति अब्दुल रज्जाकले खाँणलाई सभापतिमा बनाउन गरेको प्रस्ताव निर्वाचत समितिले पारित गरेको जिल्ला निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले जानकारी दिए ।

कांग्रेस रुपन्देहीको सभापतिमा खाँण निर्विरोध

रामकृष्ण गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन् । नेतृत्व चयनका लागि बिहीबार गृहमन्त्री खाँणको पहलमा जिल्ला सभापति अब्दुल रज्जाक, संघीय संसद्‌को प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका भरतकुमार शाह, प्रतिनिधिसभा सदस्य प्रमोद यादव, जिल्ला सभापति अव्दुल रज्जाक, पूर्वसभापति रामचन्द्र ढकाल, नेता मातृका यादव लगायतको बैठकले जिल्लामा सहमतिको आधारमा नेतृत्व चयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा जिल्ला सभापतिमा खाँण सर्वसम्मत भएका हुन् ।

उनले यसअघि २ कार्यकालसम्म पार्टी सचिवका रुपमा काम गरेका थिए । त्यस्तै, उपसभापतिमा अनिता ढुंगाना शाह र थानेश्वर धिमिरे, सचिवमा हरिप्रसाद काफ्ले र परमानन्द भट्टराई, सहसचिवमा विष्णु थापा र बासुदेव रिजाल समेत निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर ११, २०७८ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?