कांग्रेस बाँके क्षेत्र नं १ को सभापतिमा केसी निर्वाचित

रुपा गहतराज

नेपालगंन्ज — नेपाली कांग्रेस बाँके संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा ४७ मतान्तरले पोषण केसी निर्वाचित भएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शुक्रबार सम्पन्न मतगणनामा केसीले माधवराम खत्रीलाई ४७ मतान्तरले हराएका हुन् । ६०१ मतमा केसीले ३१६ र खत्रीले २६९ मत पाएका छन् । सचिवमा केसी प्यानलबाट खुमबहादुर बस्नेत र खत्री प्यानलबाट जयश्वर पौडेल तथा सहसचिवमा खत्री प्यानलबाट दिपेन्द्र उप्रेती र केसी प्यानलबाट रामबहादुर रावत निर्वाचित भएका छन् ।

क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चुन्न बिहीबार भएको मतदानमा ६०१ मत खसेको थियो । ६०५ जना मतदातामध्ये ४ जना अनुपस्थित रहे । निर्वाचनमा र संस्थापनइतरका केसी र संस्थापनका खत्रीको नेतृत्वका दुई प्यानल चुनावी प्रतिस्पर्धामा थियो ।

क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा भने वीरेन्द्रबहादुर शाह र रमेश गुप्ताको प्यानलसहित प्रतिस्पर्धा भइरहेको छ । क्षेत्र नं. ३ मा संस्थापन पक्षका नक्की खाँ निर्विरोध विजयी भइसकेका छन् । खाँसहित समानुपातिक तर्फबाट क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश ३ (ख) कार्यसमिति निर्विरोध निर्वाचित भएका थिए ।

प्रकाशित : मंसिर १०, २०७८ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?