कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्यूठान कांग्रेस सभापतिमा विष्णुकुमार गिरि निर्वाचित

शमशेरविक्रम जीसी

प्यूठान — नेपाली कांग्रेस प्यूठानको जिल्ला सभापतिमा विष्णुकुमार गिरि निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा गिरिले ५ सय ६६ मत ल्याएर विजयी भएका हुन् ।

प्यूठान कांग्रेस सभापतिमा विष्णुकुमार गिरि निर्वाचित

शिवराज रिजाललाइ ७२ मत अन्तरले पछि पार्दै गिरि सभापतिमा विजयी भएको निर्वाचन अधिकृत निर्मल गौतमले बताए । जिल्ला सभापति पदका लागि खसेको कुल १ हजार ६९ मतमध्ये गिरीले ५ सय ६६ मत ल्याए । यस्तै रिजालले ४ सय ९४ मत प्राप्त गरे । ९ मत बदर भएको थियो ।

रिजालले यसअघिका सभापति अमर भण्डारीसँग पनि प्रतिस्पर्धा गरेका थिए । पौडेल समूहका गिरि र देउवा समूहका रिजालबीच सभापतिका लागि सहमति नभएपछि मतदान भएको हो ।

नौबहिनी गाउँपालिका अध्यक्ष रिजाल पार्टीको पूर्व सचिव हुन् भने गौमुखी गाउँपालिका अध्यक्ष गिरि निवर्तमान जिल्ला सचिव हु्न । जिल्ला कार्यसमितिका सबै सदस्य र महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएको निर्वाचन समितिले जनाएको छ ।

जसअनुसार जिल्ला उपसभापतिमा देवेन्द्र वर्मा, ईश्वर सिंह विष्ट र सचिवमा टोपाराम कालाथोकी र नरेन्द्र पुन मगर, सहसचिवमा नारायण ज्ञवाली र प्रमोद पोख्रेल निर्विरोध चयन भएका छन् ।

प्रकाशित : मंसिर ८, २०७८ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?