कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूऔषध सहित २ जना पक्राउ

कमल पन्थी

बर्दिया — बर्दिया प्रहरीले मंगलबार लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय, सानोश्रीबाट खटिएको टोलीले मधुवन नगरपालिका-५ आठ नम्बर चोकबाट शंका लागेपछि चेकजाँच गर्दा ३ ग्राम ९० मिलिग्राम लागूऔषध फेला पारेको जनाएको छ ।

भे ६ प ९३४८ नम्बरको मोटरसाइकलमा सवार मधुवन-५ का नकेन्द्र मगर र सोही ठाउँका टंकर गुरुङ लागूऔषधसहित पक्राउ परेका हुन् । आरोपित दुवैजनालाई लागूऔषध मुद्दामा कारबाही चलाइएको जिल्ला प्रहरी प्रवक्ता हेमबहादुर शाहीले जनाएका छन् ।

प्रकाशित : मंसिर ७, २०७८ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?