कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४५ ग्राम ब्राउन सुगरसहित दाङबाट एक भारतीय पक्राउ

दुर्गालाल केसी

दाङ — दाङमा ४५ ग्राम ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । लमही नगरपालिका-९ अमिलियाबाट सोमबार राति भारत नानपाराका २८ वर्षीय नाइम नामका व्यक्ति ब्राउनसुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

४५ ग्राम ब्राउन सुगरसहित दाङबाट एक भारतीय पक्राउ

पक्राउ परेका व्यक्तिले आफ्नो नाम नाइम मात्र बताएको र अन्य परिचय खुल्ने कुनै कागजात फेला नपरेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको रिजालले बताए ।

प्रकाशित : मंसिर ७, २०७८ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?