२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्रहरी नियमावली संशोधन हुन्छ : गृहमन्त्री

भैरहवा — गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी संगठनको तल्लो तहमा कार्यरत कर्मचारीको एउटै पदबाटमात्रै सेवा पदावधि समाप्त नहुने गरी प्रहरी नियमावली परिवर्तन गर्न लागिएको बताएका छन् । 

प्रहरी नियमावली संशोधन हुन्छ : गृहमन्त्री

नेपाली कांग्रेस रूपन्देहीद्वारा बुधबार भैरहवामा आयोजित पार्टी कार्यकर्ता सम्मान कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले भने ‘अब तल्लो तह वा दर्जामा कार्यरत प्रहरीको सेवा निवृत्त हुँदा कम्तीमा एक तह भए पनि पदोन्नति हुनेछ ।’ ‘यसकै लागि नियमावली परिवर्तन गर्न लागिएको उनले बताए ।

खाँणले शान्ति प्रक्रियामा नआएका सबै राजनीतिक शक्ति र दललाई राष्ट्रिय राजनीतिको मूल धारमा आउन पनि आग्रह गरेका छन् । राष्ट्रिय राजनीतिको मूल धारमा ल्याउन नेकपा विप्लव समूहसँग सरकारको वार्ता र पहल भइरहेको जनाउँदै खाँणले मुलुकको आर्थिक समुन्नतिका लागि शान्तिको मार्ग प्रशस्त कसरी गर्ने भन्ने बारेमा सरकारले सोचेको बताए ।

‘म बुद्ध जन्मस्थलबाट आह्वान गर्छु कि राष्ट्रिय राजनीतिको मूल धारमा आउन बाँकी सवै राजनीतिक शक्ति शान्ति प्रक्रियामा आउनूस्,’ उनले भने, ‘हतियार बुझाउन बाँकी रहेका शक्ति हुनुहुन्छ भने पनि हतियार बुझाएर शान्ति प्रक्रियामा आई राष्ट्रिय राजनीतिको मूल धारमा समाहित हुनूस् ।’

प्रकाशित : मंसिर २, २०७८ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?