कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा बाघको आक्रमणबाट गोठालाको मृत्यु

ठाकुरसिंह थारु

नेपालगन्ज — गाई चराउन गएका नरैनापुर गाउँपालिका ४ पण्डितपुरुवाका लखन गडरिया तीन दिनपछि मृत भेटिएका छन् । घर नजिकैको जंगलमा कात्तिक २५ गते गोठालो गएका गोडिया घर नफर्किएपछि शनिबार स्थानीयले प्रहरी कार्यालयमा खबर गरेका थिए । 

परिवारले गोडियासँगै एउटा गाई पनि नफर्किएको जानकारी गराएपछि प्रहरीले जंगलमा खोजी गरेको थियो । भोजभगवानपुरका प्रहरी निरीक्षक बसन्त गौतमले खोजी गर्दै जाँदा बाघको आक्रमणबाट मृत्यु भएको अवस्थामा गडरिया र गाईलाई फेला परेको बताए ।

स्थानीयले बाघ गर्जेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका हुन् । त्यसअघि गोडिया आफन्तकोमा गएको हुनसक्ने परिवारले अनुमान गरेका थिए ।

नरैनापुरस्थित गोवर्द्धधन धामदेखि ५ किलोमिटर पूर्वतर्फ मृत गाई र बाघले खाएको अवस्थामा गडरियाको शव फेला परेको हो । नरैनापुरको जंगल क्षेत्र बाँके निकुन्ज र भारतको सुहेलवा सेन्चुरीलाई जोड्ने जैविक मार्ग हो । शव पोस्टमार्टमका लागि नेपालगन्ज ल्याइएको छ । यसअघि बाघले बाँकेको पूर्वी भाग गाभरमा एक जनालाई खाएको थियो ।

प्रकाशित : कार्तिक २८, २०७८ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?