बाँकेको स्थानीय तहका वडाध्यक्षहरुमा महिला सहभागिता न्यून देखिएको छ । यहाँका ८ स्थानीय तहका ८१ वडामध्ये दुई वटा वडामा मात्रै महिला वडाध्यक्ष बन्ने अवसर पाएका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आफ्नो पक्षमा जनमत देखाउन राजनीतिक दल सर्वसाधारणलाई प्रचारप्रसारमा लैजान खोसाखोस गरिरहेका छन् । सर्वसाधारणलाई प्रचारमा लैजान उम्मेदवारले अटो रिक्सा, मोटरसाइकल, ट्याक्टर र साना सवारी साधनहरु घरमै पठाउने गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका १ र कोहलपुर नगरपालिका ३ मा सहोदर दाजुभाइले फरक पार्टीबाट उम्मेदवारी दिएका छन् । नेपालगन्ज उपमहानगर १ मा अध्यक्षका लागि वर्तमान वडाध्यक्ष प्रमोद रिजालले नेकपा (एमाले) र उनका सहोदर दाजु बिनोद रिजालले नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
बाँकेको साविक खजुराखुर्द गाविस‚ हालको जानकी गाउँपालिकाको नेतृत्व ०५४ देखि नेकपा (एमाले) बाँकेका नेता पदम धिताल र पत्नी भूमिसरा धितालले आलोपालो नेतृत्व गर्दै आएका छन् ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का पशुपति दयाल मिश्रा र गठबन्धनका उम्मेदवार प्रशान्त विष्टले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, उपप्रमुखमा एमालेले शान्ति ढकाल र गठबन्धनका तर्फबाट कमरुद्दिन राईले उम्मेदवारी दिएका छन् ।
बाँकेको पूर्बी दक्षिण क्षेत्र नरैनापुर गाउँपालिकामा पहिलोपल्ट मधेसी महिला पदमावती यादवले पालिका प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छन् । बाँकेका पालिका प्रमुखमा यस पटक मधेसी महिलाले उम्मेदवारी दिएको यो नै पहिलो हो ।
गठबन्धन दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा (एमाले) ले आफ्नो उपस्थिती बलियो देखाउन उम्मेदवारी दर्ताकै क्रममा शक्ति प्रदर्शन गरेका छन् । दुबै पक्षले बाजागाजासहित सकेसम्म बढी कार्यकर्ता सडकमा उतार्ने प्रयास गरेका छन् ।
नेकपा (एमाले) बाँकेले आठ पालिकामध्ये दुई पालिकामा मधेसी महिलालाई प्रमुखको उम्मेदवार बनाएको छ । उसले आठ वटै पालिकाको प्रमुख र उप्रमुखको उम्मेदवारी टुंगो लगाउँदै मधेसी महिलालाई उम्मेदवार बन्ने अवसर दिएको हो ।