कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानन्यायाधीशको राजीनामा माग्दै बाँकेका कानुन व्यवसायीले दिए धर्ना

ठाकुरसिंह थारु

नेपालगन्ज — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरिरहेको आन्दोलनमा एक्यबद्धता जनाउँदै बाँकेका कानुन व्यवसायीहरुले आइतबार धर्ना दिएका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै बाँकेका कानुन व्यवसायीले दिए धर्ना

नेपाल बार एसोसिएसन उच्च अदालत बार नेपालगन्ज र जिल्ला अदालत बारको संयुक्त आयोजनामा बाँके जिल्ला अदालत परिसरमा हातमा कालो पट्टी बाँधेर एक घन्टा धर्ना दिएका हुन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै यहाँका कानुन व्यवसायीहरुले तीन दिनसम्म अदालतमा धर्ना दिने कार्यक्रम रहेको उच्च अदालत बार नेपालगन्जका सचिव पदम पाण्डेले बताए । उनले तीन दिनपछि केन्द्रीय बारको निर्देशनमा आन्दोलन सशक्त पार्ने बताए । प्रधानन्यायाधीश जबराको राजीनाम माग गर्दै केन्द्रीय बारले आन्दोलन सुरु गरेपछि जिल्लाका कानुन व्यवसायीहरुले पनि एक्यबद्धता जनाएका हुन् । प्रधानन्यायाधीशले राजीनामा नदिए जिल्लामा पनि मुद्दाको सुनुवाई ठप्प पार्ने कानुन व्यवसायीहरुले बताए ।

प्रकाशित : कार्तिक २८, २०७८ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?