कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

आलुको बीउ वितरण

माधव अर्याल

पाल्पा — स्थानीय तहले आलुमा आत्मनिर्भर बनाउन अनुदानमा बीउ वितरण गरेका छन् । रामपुर, तानसेन, रम्भा, माथागढीलगायत स्थानीय तहले ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेका हुन् ।

आलुको बीउ वितरण

रामपुर नगरपालिका–६ मा जिल्लाकै सबैभन्दा धेरै आलु उत्पादन हुन्छ । यहाँ अघिल्लो वर्ष ९ लाख किलोभन्दा बढी फलेको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए । उनका अनुसार खडेरी नपरेको भए १६ लाख किलो आलु उत्पादन गर्ने लक्ष्य थियो ।

तानसेन नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र ग्रामीण आर्थिक विकास संघ (रेडा) ले तानसेन–१४, अर्गलीलाई पकेट क्षेत्र बनाउन आलु बीउ वितरण गरेका छन् । तानसेनका नगर प्रमुख अशोककुमार शाहीले उन्नत बीउ आलु उत्पादन समूहका अध्यक्ष मोतीलाल न्यौपानलाई हस्तान्तरण गरे । समूहमा आबद्ध २ सयभन्दा बढी किसानका लागि १ सय ७८ क्विन्टल बीउ दिइएको छ ।

रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले व्यावसायिक रूपमा आलु उत्पादन गरी आम्दानी गर्न बीउ दिएको उनले बताए । रम्भा गाउँपालिकाले ५ वडामा ४ सय ५७ क्विन्टल बीउ वितरण गरको छ । ५० प्रतिशत अनुदानमा बीउ दिएको गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद रेग्मीले बताए ।

प्रकाशित : कार्तिक २४, २०७८ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×