२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बर्दिया अस्पताल प्रदेशकै उत्कृष्ट

कान्तिपुर संवाददाता

बर्दिया — बर्दिया अस्पताल लुम्बिनी प्रदेशकै उत्कृष्ट घोषित भएको छ । आर्थिक वर्ष २०७७/७८ मा न्यूनतम मापदण्ड र कार्यसम्पादनको आधारमा उक्त अस्पताललाई प्रदेश स्वास्थ्य निर्देशनालयले प्रथम घोषणा गरेको हो ।

बर्दिया अस्पताल प्रदेशकै उत्कृष्ट

आव २०७६/७७ मा पनि बर्दिया अस्पताल प्रदेशकै उत्कृष्ट भएको थियो । निर्देशनालयले अस्पतालका मेसु डा. सुभाष पाण्डेयलाई सम्मान गरेको छ ।

५० शय्याको अस्पतालमा विशेषज्ञ जनशक्ति र उपकरणको अभाव भए पनि सेवा प्रवाहमा कमी नगरिएको डा. पाण्डेयले बताए । न्यूनतम जनशक्तिले पनि अत्याधुनिक प्रयोगशाला, सुत्केरी सेवा, २४ औं घण्टा इमर्जेन्सी र फार्मेसी सेवा दिएको उनको भनाइ छ । अस्पतालमा बहिरंग सेवाका दैनिक २ सय बढी बिरामी आउने गरेका छन् ।

इमर्जेन्सी सेवामा दैनिक २० देखि २५ जना आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा स्थायी, अस्थायी र करारका गरी १० जना डाक्टरले सेवा दिइराखेका छन् ।

प्रकाशित : कार्तिक २२, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?