कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

लिलाम प्रक्रियाका सवारीसाधन कबाड

कान्तिपुर संवाददाता

बर्दिया — यहाँ भन्सार कार्यालयले लिलाम प्रक्रियामा राखेका अधिकांश सवारीसाधन कबाड पाइएका छन् । कतिपय सवारी साधनका पार्टपुर्जै गायब छन् । सुरक्षाकर्मीले बरामद गरी भन्सारमा बुझाइएका कतिपय गाडी वर्षातको पानीले खिया लागेकाले कामै लाग्ने अवस्थाका छैनन् । 

भन्सार कर्मचारीको बेवास्ताले ती सवारी साधन कामै नलाग्ने भएको बताइन्छ । भन्सारको मिलेमतोमा पार्टपुर्जा गायब भएको आशंका स्थानीयको छ । साना र चारपांग्रे गरी १ सय ६५ वटा सवारी साधनको लामो समयसम्म लिलाम प्रक्रिया अघि बढेको थिएन ।

अहिले लिलाम प्रक्रिया अघि बढेपछि त्यहाँ थन्किएका १ सय ६० मोटरसाइकलमध्ये १५ वटा मात्र चालु अवस्थामा रहेको भन्सार कार्यालय बर्दियाका प्रमुख चक्र सोनीले बताए । झण्डै सय बढी मोटरसाइकल सशस्त्र प्रहरीले चालु अवस्थामा बुझाएको थियो ।

चालु अवस्थाका ती मोटरसाइकल विगत दुई वर्षयता गुडाएर कारबाहीका लागि भन्सार बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले बताए । आफूहरूले भन्सार बुझाउँदा चालु अवस्थाका सवारी साधन बुझाएको उनले सुनाए ।

सोही अवधिमा नेपाल प्रहरीले पनि चालु अवस्थाका मोटरसाइकल बुझाएको जनाएको छ । सुरक्षाकर्मीले बुझाएका तिनै सवारी साधन अहिले लिलाम प्रक्रियामा राखिएका हुन् । भन्सार प्रमुख सोनीले दुई वर्षअघि नेपाल प्रहरीले बुझाएका चारवटा मोटरसाइकलको पुर्जा गायब भएको अवस्थामा आएको बताए ।

प्रकाशित : कार्तिक १८, २०७८ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×