कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रुपन्देहीमा लाखौं मूल्य बराबरको पटका नष्ट

सन्जु पौडेल

लुम्बिनी — रुपन्देही प्रहरीले ठूलो परिमाणमा पटाका बरामद गरी नष्ट गरेको छ । प्रहरीले भारतबाट जिल्लाका विभिन्न नाका हुँदै मुलुक भित्र्याइएका करिब ७ लाख मूल्य बराबरका पटका बरामद गरी नष्ट गरेको जनाएको छ ।

सोमबार प्रहरी परिसरमै पत्रकार सम्मेलन गरी बरामद पटका पानीमा डुबाएर निस्क्रिय पारी खाल्डोमा पुरिएको छ । एक हप्ताको अन्तरालमा १० लाख मूल्य बराबरका पटका नष्ट गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । उनले चाडपर्वमा पड्काउनका लागि प्रतिबन्धित पटका प्रत्येक वर्ष नेपाल भित्र्याइने भन्दै यसलाई प्रहरीले रोक्ने गरेको बताएका छन् ।

थपाका अनुसार विभिन्न क्षेत्रमा रहेका प्रहरी चौकीले आइतबार पटका बरामद गरेका थिए । जिल्ला प्रहरीले १ लाख १६ हजार, प्रहरी चौकी मेउडिहवाले १ लाख ४५ हजार ५ सय, प्रहरी चौकी मैनिहवाले ९१ हजार, इलाका प्रहरी मंगलापुरले ८३ हजार ४ सय १६, इलाका प्रहरी लुम्बिनी र मातहतले ८१ हजार बराबरको पटका बरामद गरेको हो ।

यस्तै, इलाका प्रहरी बेलहियाले ३५ हजार, इप्रका मर्चवारले २२ हजार पाँच सय, खैरेनीले २१ हजार, गुलरिया चौकीले १० हजार, कालीदहले १४ हजार र मर्यादपुरले ५० हजारको पटका बरामद गरेको जनाएका थिए ।

प्रकाशित : कार्तिक १५, २०७८ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×