कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देही प्रहरीद्वारा लाखौंको पटाका बरामद

सन्जु पौडेल

लुम्बिनी — रुपन्देही प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित विस्फोटक पटाका बरामद गरेको छ । तिहार पर्वलाई लक्षीत गर्दै विभिन्न नाकाबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा ठूलो परिमाणको विस्फोटक पटाका बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरीद्वारा लाखौंको पटाका बरामद


विभिन्न स्थानमा गरी मंगलबार ३ लाख ३ हजार ३ सय मुल्य बराबरको पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको गस्ती टोलीले सिद्धार्थनगर १ बाट ९० हजार रुपैयाँको, प्रहरी चौकी मेउडिहवाको टोलीले ६० हजार ५ सय बराबरको २ सय ६२ प्याकेट पटाका बरामद भएको छ ।

यस्तै, मर्यादापुर चौकीले ५० हजार ३ सय बराबरको, मैनिहवा चौकीले ३६ हजार बराबरको, इलाका प्रहरी लुम्बिनीले ३५ हजार बराबरको तथा इलाका प्रहरी कार्यालय मंगलापुरको टोलीले ३२ हजार बराबरको पटाका बरामद गरेको डीएसपी थापाले बताए ।

बरामद भएका पटाकामा सामान्य खुर्सानी बमदेखि शक्तिशाली आवाज दिने लसुन बमसम्मका रहेको थापाले बताए । बरामद भएका पटाकामा चक्र बम, लम्बा बुलेट, जुम्नु बुलेट, मिनी फलास बुलेट बम, बोल क्याम्पस, र झिरमिरे लगायत रहेकोसमेत थापाले जानकारी दिए । बरामद गरिएका पटाका आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ९, २०७८ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?