कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी अनमोललाई श्रम रोजगार पत्रकारिता पुरस्कार 

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रम रोजगार पत्रकार समूहद्वारा स्थापित यस वर्षको श्रम रोजगार पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी अमृता अनमोलले प्राप्त गर्ने भएकी छन् । पहिलो पुरस्कारको राशि ३० हजार रुपैयाँ छ । 

कान्तिपुरकर्मी अनमोललाई श्रम रोजगार पत्रकारिता पुरस्कार 

प्रतिस्पर्धाको लागि पेस भएको ७६ वटा रिपोर्टमध्येबाट स्वतन्त्र निर्णायक मण्डलले अनमोलद्वारा लिखित रिपोर्टलाई चयन गरेको हो । दोस्रो पुरस्कार शिलापत्र डट कमका रमेश भारती (२० हजार रुपैयाँ) र तेस्रो पुरस्कार साझा सवालका अनिल अधिकारी (१० हजार रुपैयाँ)ले पाएका छन् ।

श्रम रोजगारको क्षेत्रमा क्रियाशील सञ्चारकर्मीलाई उत्कृष्ट कार्यका लागि प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरेको समूहले जनाएको छ । पुरस्कारका लागि यस वर्ष अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को साझेदारी प्राप्त भएको छ ।

पुरस्कार छनोटका लागि निर्णायक समितिले विषयवस्तु माथिको ज्ञान तथा लेखनमा त्यसको प्रयोग, लेखनशैली, समावेशिता तथा पेशागत मर्यादालाई मुख्य आधार बनाएको थियो । समूहले निकट भविष्यमा नै कार्यक्रम गरी पुरस्कारहरु हस्तान्तरण गर्ने अध्यक्ष सुनिल न्यौपानेले बताए ।

उत्कृष्ट सामग्री छनोटका लागि तीन सदस्यीय स्वतन्त्र निर्णायक मण्डल गठन गरिएको थियो । निर्णायक मण्डलमा प्रतिनिधिसभा सदस्य तथा आइएलओ गभर्निङ बडी सदस्यका विन्दा पाण्डे, खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल र श्रम आप्रवासनसम्बन्धी विज्ञ/अनुसन्धानकर्ता जीवन बानियाँ रहेका थिए ।


प्रकाशित : कार्तिक ५, २०७८ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?