कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियाका बाढीपीडित भोकै

कमल पन्थी

बर्दिया — कर्णाली नदीमा आएको बाढीले विस्थापित भएका करिब १२ सय परिवार भोकभोकै बस्न बाध्य छन् । उनीहरुले पिउने पानीसमेत नपाएको गुनासो पोखे । 

बर्दियाका बाढीपीडित भोकै

बिहान राजापुर नगरपालिका र केही संघसंस्थाले चाउचाउ र पिउने पानी व्यवस्था गरेपछि केहीबेरका लागि भोक मेटाएका छन् । राजापुर—३ नंगापुरकी ईश्वरी झा बुधबार राति लालाबालासहित सुरक्षित स्थानमा बसेको बताइन् । बाढीले घर डुबाने चुलो बल्न नपाउँदा रातभर भोकै बस्न परेको उनले सुनाइन् । उनीजस्तै अन्य विस्थापितको व्यथा उस्तै छ ।

दिउँसो कर्णाली नदी गाउमा पसेपछि स्थानीय विद्यालयमा आश्रय लिएका दिनेश थारुले बालबालिकासमेत भोकै बस्न बाध्य भएको बताए । करिब २ सय घर परिवार विद्यालय, आश्रयस्थल र अग्लो सडकमा रात बिताएका छन् । सयौं मानिस आफन्ती र अग्लो स्थानमा वयलगाडामा रात कटाएका छन् । भोकै बसेका बाढीपीडितलाई उज्यालो भएपछि पालिकालगायत संघ संस्थाले चाउचाउ र पानीको व्यवस्था गरेका छन् ।

राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरीले जलस्तर घट्दै गएपछि बिहीबारबाट खानाको व्यवस्था गरिने बताइन् । बाढीले यस क्षेत्रमा करिब ८ सय घर डुबानमा छन् । करिब ५ हजार मानिस बाढीबाट प्रभावित छन् ।

प्रकाशित : कार्तिक ३, २०७८ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?