कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत, प्रदेश सरकारले बैंक खोल्ने

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेश सरकारले आफ्नै बैंक संचालन गर्ने भएको छ । त्यसमा ५१ प्रतिशत सरकारी लगानी र अन्य समुदायबाट गराइने छ । प्रदेश सभामा चालु आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम एवं बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले उक्त विषयबारे जानकारी गराएका हुन् ।

लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत, प्रदेश सरकारले बैंक खोल्ने

यस्तै स्वास्थ्य संस्थामा नागरिकको पहुँच पुर्‍याउन 'घरदैलोमा डाक्टर' कार्यक्रम संचालन गर्ने छ । सबै स्वास्थ्य संस्थाहरुबाट नि:शुल्क रक्त्र संचार सेवा संचालन गर्न ५ करोड रकम विनियोजन गरेको छ । विपन्न नागरिकलाई मिर्गौला प्रत्यारोपण गर्न थप २ लाख दिने कार्यक्रम रहेको मन्त्री खड्काले जनाए ।

एमालेको बहिष्कारका बाबजुद लुम्बिनी प्रदेश सभामा अपराह्न सवा ४ बजेदेखि मन्त्री खड्काले नीति कार्यक्रम एवं बजेट प्रस्तुत भरेका हुन् । विपक्षी दलको कुर्सीमा राष्ट्रिय जनमोर्चाकी सांसद तारा जीसी बसेपछि प्रदेशसभाको बैठक अगाडि बढाइएको थियो ।

एमाले नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्दै वर्तमान गठबन्धन सरकारले नयाँ बजेट ल्याएको हो । यसअघि ल्याएको बजेटको आकार घटबढ नगरे पनि कार्यक्रमहरु हेरफेर गरिएको छ ।

कोरोना रोकथाम र उपचारका लागि स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर एमाले नेतृत्वको सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । यसपालि पनि कोभीड रोकथाम र उपचार, कृषि , उद्यम र रोजगारीलाई प्राथमिकता दिइएको छ । सम्बोधन गर्न छुटेका क्षेत्र र कम बजेट भएका जिल्लामा पनि सम्बोधन गर्नेगरी धेरै रकम भएका ठूला आयोजनाबाट बजेट बाँडफाँड गरेको प्रवक्ता खड्काले बताए । एक पालिका एक सामूहिक उद्यम भन्ने नयाँ कार्यक्रम ल्याएको छ ।

प्रकाशित : आश्विन २०, २०७८ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?