२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्युठान नगरपालिकामा कोरोनाबाट आफन्त गुमाएका परिवारलाई ३५ हजारका दरले राहत

शमशेरविक्रम जीसी

प्युठान — प्युठान नगरपालिकाले कोरोनाबाट ज्यान गुमाउनेका परिवारलाई नगद राहत उपलब्ध गराएको छ । मेयर–उपमेयरसहितको टोली मृतकका घरघर पुगेर प्रतिपरिवार ३५ हजार रुपैयाँका दरले उपलब्ध गराएको हो ।  

प्युठान नगरपालिकामा कोरोनाबाट आफन्त गुमाएका परिवारलाई ३५ हजारका दरले राहत

कोरोनाबाट प्युठान नगरपालिकामा १८ जनाले ज्यान गुमाएका छन् । सोमबारबाट राहत रकम वितरण थालिएको मेयर अर्जुनकुमार कक्षपतिले बताए । ‘पहिलो दिन सोमबार पाँच जनालाई राहत रकम उपलब्ध गराएका छौं,’ उनले भने । कोरोनाबाट आफन्त गुमाएका सबै परिवारलाई राहत दिने उनको भनाइ छ ।

घरमै जाँदा स्थानीयको अवस्था थाहा हुने र पीडित परिवारलाई सान्त्वना पुग्ने ठानेर यस्तो कार्यक्रम तय गरिएको स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले बताए ।

प्रकाशित : आश्विन १९, २०७८ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?