कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अर्घामा दुई करोडको मूर्ति स्थापना गरिँदै

कान्तिपुर संवाददाता

अर्घाखाँची — सन्धिखर्क नगरपालिकाले अर्घा दरबारमा २ करोड रुपैयाँ लगानीमा आकर्षक मूर्ति स्थापना गर्ने भएको छ । सिंहमाथि भगवती देवी बसेको पित्तलको मूर्ति एक वर्षदेखि ललितपुरमा निर्माण भइरहेको छ ।

अर्घामा दुई करोडको मूर्ति स्थापना गरिँदै

दसैंको पूर्णिमाको दिन अर्घा भगवती मन्दिरमा विशाल सराय नाच हुन्छ । सराय नाचको उत्पत्ति भएको भनिएको मन्दिरलाई थप आकर्षक पार्न विशाल मूर्ति स्थापना गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

‘ऐतिहासिक अर्घा दरबारमा विशाल मूर्ति राखेपछि हेर्नलाई पर्यटक बोलाउने र गाउँलाई स्वरोजगार उन्मुख बनाउने लक्ष्य हो,’ उनले भने । अर्घामा तत्कालीन भुरे राजा बसेर शासन चलाएका थिए । उनले निर्माण गरेको दरबार र भगवती मन्दिरलाई मर्मतसम्भार गरेर धार्मिक पर्यटक आकर्षित गर्न लागिएको हो ।

अर्घा मन्दिरमा आएर दर्शन गरेपछि मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले सदरमुकाम आउने बाहिरका पर्यटक अर्घा पुग्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताए । मन्दिरमा जान पदयात्रा र सिँढी निर्माण गरिएको छ । मूर्ति मूल गेटभित्र राखिनेछ । अर्घा दरबार सदरमुकाम सन्धिखर्कदेखि नौ किमि टाढा छ ।

प्रकाशित : आश्विन १७, २०७८ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?