कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चट्याङ लागेर गुल्मीको इश्मामा ९ जना घाइते

गगनशिला खड्का

गुल्मी — चट्याङ लागेर गुल्मीमा ९ जना घाइते भएका छन् । इश्मा गाउँपालिका–३ तोरीपाटामा बुधबार राति परेको चट्याङ लागेर ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चट्याङ लागेर १९ वर्षीया रिता नेपाली, २२ वर्षीया गीता नेपाली, ५० वर्षका झके नेपाली, २४ वर्षीय बालिक नेपाली, २२ वर्षीया सीता नेपाली, ३२ वर्षीया पार्वती नेपाली, २८ वर्षीया लक्ष्मी नेपाली, वर्षकी सीता नेपाली, ३२ वर्षकी पार्वती नेपाली, २९ वर्षीया जाल्पा नेपाली र १९ वर्षीया लक्ष्मी नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये रीतालाई बढी समस्या देखिएको पाल्पा पठाइएको छ । अन्यमध्ये झके नेपाली र गीता नेपालीको गुल्मी अस्पताल र अन्य ६ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेयले सबैभन्दा पहिले गोठमा बाँधिएको गाईलाई चट्याङ लागेको अनुमान गरिएको बताए ।

प्रकाशित : आश्विन १४, २०७८ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?