कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बबई नहरमा डुबेर दुईको मृत्यु

कमल पन्थी

बर्दिया — बबई नहरमा डुबेर शनिबार दुई युवाको ज्यान गएको छ । बारबर्दिया नगरपालिका—९ बनगाईको नहरको पुलमुनी दुई जना डुबेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक ईश्वर कार्कीले पौडी खेल्ने क्रममा स्थानीय वर्ष २० को विशाल थारु र २१ को सुरेश थारुको मृत्यु भएको बताए । उनका अनुसार दुबै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया पुर्‍याइएको छ ।

घटना सदरमुकाम गुलरियाबाट करिब २० किमि उत्तरपूर्वमा पर्छ ।


प्रकाशित : आश्विन ९, २०७८ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?