दाङ — दाङमा करेन्ट लागेर आइतबार एक महिलाको मृत्यु भएको छ । घरमा मोटर चलाउने क्रममा करेन्ट लागेर दंगीशरण गाउँपालिका ७ बुटनियाकी २२ वर्षीया प्रमिला चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
करेन्ट लागेर घाइते भएकी चौधरीलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।