कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करेन्ट लागेर महिलाको मृत्यु

दुर्गालाल केसी

दाङ — दाङमा करेन्ट लागेर आइतबार एक महिलाको मृत्यु भएको छ । घरमा मोटर चलाउने क्रममा करेन्ट लागेर दंगीशरण गाउँपालिका ७ बुटनियाकी २२ वर्षीया प्रमिला चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

करेन्ट लागेर घाइते भएकी चौधरीलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन ३, २०७८ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?