कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलिब्रिज बनाइएपछि बुटवल–बर्दघाट खण्डमा २१ दिनपछि यातायात सञ्चालन

नवीन पौडेल

परासी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको तुरिया खोलामा बेलिब्रिज निर्माण गरिएपछि २१ दिनदेखि अवरुद्ध सडक खुलेको छ । भदौ १० गतेको बाढीले पुल भासिँदा बुटवल–बर्दघाट सडकखण्डमा यातायात सञ्चालन हुन सकेको थिएन ।

बेलिब्रिज बनाइएपछि बुटवल–बर्दघाट खण्डमा २१ दिनपछि यातायात सञ्चालन

मुख्य राजमार्ग अवरुद्ध भएपछि यात्रुले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था थियो । २० टनसम्म भार भएका सवारीसाधनलाई मात्र एकपटकमा एउटा सवारीसाधन पार गर्ने गरी आउजाउ गर्न दिइएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए ।

ठूला मालवाहक सवारीसाधनलाई भने भुमही–भैरहवा सडकखण्ड प्रयोग गर्न भनिएको छ । आकस्मिक रूपमा बेलिब्रिज निर्माण गरिएकाले यसको लागत तत्कालै उपलब्ध नभएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

पुल भासिएपछि बर्दघाटबाट बुटवल पुग्न भुमहीबाट भैरहवा हुँदै जानुपर्ने बाध्यता थियो ।

प्रकाशित : भाद्र ३१, २०७८ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?