कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी प्रदेशका दुई मन्त्रीले पाए जिम्मेवारी 

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेश सरकारले दुई बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेको छ । जनता समाजवादी पार्टीका सुमन शर्मा रायमाझीलाई कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय र पुर्मती ढेंगालाई श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

लुम्बिनी प्रदेशका दुई मन्त्रीले पाए जिम्मेवारी 

दुवै मन्त्रीले मंगलबारदेखि नै कार्यभार सम्हालेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काको बताए ।

साउन २९ मा गठबन्धन सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सात सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । साविक १० मन्त्रालय बढाएर १३ मन्त्रालय पुर्‍याए पनि थप मन्त्रीहरुको नियुक्तिबारे पनि टुंगो छैन । माओवादी केन्द्र, कांग्रेस र जसपा मिलेर प्रदेशमा सरकार बनाएका छन् ।

प्रकाशित : भाद्र २९, २०७८ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?