कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

बालिका बलात्कारको आरोपमा एक पक्राउ

अमृता अनमोल

बुटवल — ६ वर्षीया बालिका बलात्कारको आरोपमा रुपन्देहीको सैनामैना नगरपालिकामा एक व्यक्ति पक्राउ परेका छन् ।

रुपन्देहीको सैनामैना नगरपालिका–७ बस्ने ५८ वर्षीय रणबहादुर विक पक्राउ परेका हुन् । विकमाथि छिमेकी बालिकालाई बलात्कार गरेको आरोप छ । इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार उनले भदौ १५ गते करिब साढे ४ बजेको समयमा बालिकालाई बलात्कार गरेका हुन् ।

घटनाको स्थलगत अनुसन्धान गरी अभियुक्तलाई जबर्जस्ती करणी मुद्दा अन्तर्गत अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।

प्रकाशित : भाद्र १८, २०७८ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?