कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्यूठान जिप दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

शमशेरविक्रम जीसी

प्यूठान — प्यूठानको स्वर्गद्वारी नजिकै भएको जिप दुर्घटनामा घाइते भएका प्यूठानका सन्दिप परियारको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।

प्यूठान जिप दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

प्यूठानका मल्लरानी गाउँपालिका–३ चौरपानी निवासी परियार वैशाख १ गते स्वर्गद्वारी दर्शनका लागि गुल्मीबाट स्वर्गद्वारी आउँदै गरेको जिप दुर्घटना हुँदा घाइते भएका थिए ।

उनको उपचारका क्रममा काठमाडौंको टिचिङ अस्पतालमा मृत्यु भएको अस्पताल श्रोतलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए । परियारको चार महिनादेखि आईसीयूमा उपचार भइरहेको थियो ।

स्वर्गद्वारी नगरपालिका–५ रुमालेमा वैशाख एक गते लु १ ज १६५५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । परियार जिल्ला प्रशासन कार्यालय गुल्मीमा खरिदार पदमा कार्यरत थिए ।

प्रकाशित : श्रावण २९, २०७८ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?