कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

नदीमा बेपत्ता दम्पतीको शव भेटियो

श्रीमानको सल्यान र श्रीमतीको शव रुकुम पश्चिममा भेटियो
हरि गौतम

रुकुम पूर्व — साउन २४ गते त्रिवेणीस्थित उत्तरगंगा नदीमा बेपत्ता दम्पतीको शव भेटिएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१४ राङसी का ३६ वर्षीय मनिचन कामी र उनकी ३० वर्षीया श्रीमती अमृता विक उत्तरगंगा नदीमा बगेका थिए ।

उनीहरुको दुवैको शव छुट्टाछुट्टै जिल्ला र ठाउँमा भेटिएको हो ।

श्रीमान मनिचनको शव सल्यानको बनगाडकुपिन्डे नगरपालिकास्थित भेरी नदीको किनारमा फेला परेको छ । श्रीमती अमृताको शव रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित सानीभेरी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

पुथाउत्तरगंगा गाउँपालिका–१२ स्थित त्रिवणीबाट श्रीमती बगेपछि श्रीमान बचाउन नदीमा पसेका थिए । त्यसपछि दुवै जना बेपत्ता भएको स्थानीय दरवेश बुढा मगरले जानकारी दिए ।

उनीहरु गाउँबाट खाद्यान्न खरिदका लागि भनेर त्रिवेणी पुगेका थिए ।

प्रकाशित : श्रावण २९, २०७८ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?