कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

पक्की पुल नहुँदा सास्ती

कान्तिपुर संवाददाता

पाल्पा —  तिनाउ गाउँपालिका–१ र २ जोड्ने कुर्मान खोलामा पक्की पुल नहुँदा त्यहाँका स्थानीयले हरेक वर्ष वर्षायाममा सास्ती खेप्नुपर्छ ।

पक्की पुल नहुँदा सास्ती

बिरामीलाई अस्पतालसम्म पुर्‍याउन स्ट्रेचर, झोलुङ्गोमा दुईदेखि तीन घण्टा बोकाएर दोभानको खुर्साने पुर्‍याएपछि मात्र एम्बुलेन्स प्रयोग गर्न सकिन्छ ।

सिद्धार्थ राजमार्गदेखि नजिक तिनाउ खोलामा पक्की पुल बनेपछि बाटो छोट्टिए पनि खुर्सानेदेखि कचलको पश्चिम भेग जान हरेक वर्ष समस्या भोग्नुपरेको स्थानीय अमरबहादुर थापाले बताए । उनका अनुसार सिद्धार्थ राजमार्गबाट खुर्सानेसम्मको ७ किमि सडकमा वर्षायाममा पनि सवारीसाधन चल्छन् । तर कुर्मान खोलामा पक्की पुल नहुँदा त्यसपछि पैदल हिँड्नुपर्ने बाध्यता छ ।

असारमा खोला बढ्ने, पहिरो जाने भएपछि कुर्मान खोलादेखि पश्चिमको कचलतर्फ जाने सवारी साधन रोकिने तिनाउ–१ अध्यक्ष रोमबहादुर लम्तरीले बताए । उनका अनुसार अघिल्लो वर्ष नै पक्की पुलका लागि गाउँपालिका र प्रदेशबाट सर्भे भएको थियो । तर पुल बन्ने कुनै सुरसार छैन ।

वडा नम्बर १ र २ जोड्ने कुर्मान खोलामा पक्की पुल नहुँदा वर्षायाममा सवारी साधन सञ्चालन हुन नसक्दा बिरामी बोकेर ल्याइँदै । तस्बिर : कान्तिपुर

‘पानी बढी पर्‍यो भने असार नलाग्दै पनि सवारी साधन चल्न सक्दैनन्,’ लम्तरीले भने, ‘त्यसपछि पैदल हिँड्न बाध्य हुनुपर्छ । गाउँपालिकाबाट पहल र प्रयास गर्दागर्दै पनि पुलको काम हुन सकेको छैन ।’

प्रकाशित : श्रावण २३, २०७८ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×