कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा नुहाउन गएका तीन बेपत्ता

कमल पन्थी

बर्दिया — बर्दियामा नदी र खोलामा नुहाउन गएका तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गेरुवा गाउँपालिका ६ का १४ वर्षीय सञ्जीव विक र उनको ८ वर्षीया बहिनी दिलमाया छन् ।

उनीहरु कर्णाली नदीको सैजनाघाटमा नहुाउने क्रममा बेपत्ता भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । यसैगरी राजापुर-५ स्थित बूढी खोलामा नुहाउन गएकी २५ वर्षीया लालसा चौधरी पनि बेपत्ता भएकी छन् ।

तीन जनाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी लागिरहे पनि फेला परेका छैनन् । बिककी दाजुबहिनी शुक्रबार बिहान करिब ११ बजे नुहाउने क्रममा वेपत्ता भएका थिए । नदीमा बेपत्ता भएको जानकारी उनीहरुसँग गएका साथीले गराएपछि प्रहरी र स्थानीयले खोजी गरिरहेको प्रहरी उपरीक्षक कार्कीले बताए । खोजीमा तालिम प्राप्त पौडीवाज लागिरहेका छन् ।


प्रकाशित : श्रावण ९, २०७८ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?