कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

११ जनालाई कारागार

कपिलवस्तु — माओवादी केन्द्रका जिल्ला सदस्य दीपक पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा मृतककी श्रीमती महिमा पाण्डेलगायत ११ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश वसन्तजंग थापाको इजलासको आदेशपछि बिहीबार उनीहरूलाई कारागार चलान गरिएको हो ।

११ जनालाई कारागार

कपिलवस्तुको तौलिहवा–जितपुर सडक खण्डको गोबरी हुँदै जेठ ५ गते राति पाण्डेसहित तीन जना मोटरसाइकलमा सदरमुकाम तौलिहवातर्फ फर्किंदै गर्दा उनीहरूमाथि गोली प्रहार भएको थियो । पाण्डेको उपचारका क्रममा जेठ १० गते काठमाडौंस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो । घटनामा मुख्य योजनाकार, गोली प्रहार गर्ने व्यक्ति, हतियार खरिद गर्ने, लुकाउने र ओसारप्रसार गर्ने तथा घटना लुकाउन सहयोग गर्ने गरी ११ जना पक्राउ परेका थिए ।

घटनाको अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको संयोजकत्वमा टोली खटाइएको थियो । अनुसन्धानका क्रममा घटना भएको राति नै घटनामा संलग्न कपिलवस्तु नगरपालिका–१ का ओमप्रकाश यादव पक्राउ परेका थिए । त्यसपछि यादवले लुकाई राखेको पेस्तोल एक थान, म्याग्जिन तथा ६८ राउन्ड गोली बरामद भएको थियो ।

त्यस्तै, हत्यामा संलग्न कपिलवस्तु नगरपालिका–२ बस्ने साकिर अलिपखिया र निजले प्रयोग गरेको कटुवा पेस्तोल र दुई थान गोली तथा कपिलवस्तु नगरपालिका–६, ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान र निजले घटनास्थलमा प्रयोग गरेको स्वचालित पेस्तोल, म्याग्जिन र ८ राउण्ड गोली प्रहरीले बरामद गरेको थियो ।

प्रकाशित : श्रावण ९, २०७८ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?