कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुईजना चरेस कोरोबारी पक्राउ

दुर्गालाल केसी

दाङ — करिब १० केजी चरेससहित प्रहरीले दुई जना कारोबारीलाई पक्राउ गरेको छ । निसीखोला गाउँपालिका १ बागलुङका २१ वर्षीय सुदिप सिंजाली मगर र बडिगाड-२का ३० वर्षीय रेमबहादुर भुजेललाई ९ केजी ३० ग्राम चरेससहित बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुईजना चरेस कोरोबारी पक्राउ

मगरलाई गढवा गाउँपालिका १ धानखोलस्थित एक होटलबाट र भुजेललाई लमहीबाट पक्राउ गरिएको डीएसपी मुकुन्दप्रसाद रिजालले बताए । धानखोलामा चरेश बिक्री गरेपनि मगरले पैसा भने लमहीमा बुझ्ने गरेको प्रहरीले जनाएको छ ।

लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा दायर गरि थुनामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनायो ।उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।

प्रकाशित : श्रावण ७, २०७८ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?