कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्धबाबा नजिकै ठाउँठाउँमा पहिरो, राजमार्ग अवरुद्ध

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत बर्तुङ–चिडियाखोला सडक खण्डको सिद्धबाबा क्षेत्रका ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सिद्धबाबा नजिकै ठाउँठाउँमा पहिरो, राजमार्ग अवरुद्ध

तिनाउ गाउँपालिका–३ अन्तर्गत सिद्धबाबा क्षेत्रको कदमबास, छहरा, हेडबक्स, नागमन्दिर लगायतका दर्जन बढी स्थानमा ढुंगा माटोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको दोभान प्रहरी चौकीले जनाएको छ ।

शनिबार बिहानैदेखि परेको वर्षा नरोकिएको र खुलाउने प्रयास गर्दासमेत माथिल्लो भागबाट ढुंगा खसेपछि असफल भएको दोभान प्रहरी चौकीका प्रमुख सोमबहादुर सारुले बताए । उनका अनुसार सडकमा भएको पहिरो पन्छाउँदै सिद्धबाबा मन्दिर नजिक पुगेपनि वर्षा नरोकिएको र ढुंगा खस्ने क्रमसमेत बढेकाले काम गर्न सकिएको छैन ।

'पानी पर्न अझै रोकिएको छैन । सडक अवरुद्ध भएपछि पहाडी भेगबाट तराई झर्ने र तराईबाट पहाडका विभिन्न जिल्लामा जाने सवारी साधन रोकिएको छ,' स्थानीय विष्णुप्रसाद पाण्डेयले बताए ।

उनका अनुसार एम्बुलेन्स, साना सवारी साधन र पोखराबाट बुटवल हिँडेका सार्वजनिक सवारी साधनसमेत रोकिएका छन् । झुम्सा, २४ माइल, पानीमिल, हिउँदेखोला लगायतका स्थानमा भने राजमार्ग एकतर्फी सञ्चालनमा छ ।

प्रकाशित : श्रावण २, २०७८ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?