कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

पाल्पा पहिरो : मृत्यु हुनेको संख्या ३ पुग्यो

माधव अर्याल

पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका–५ गिट्टीखानी हिउँदे खोला क्षेत्रमा खसेको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । बिहीबार बिहान पहिरोले पुरिएर गम्भीर घाइते भएकी ७५ वर्षीय सुन्दरी गुरुङको शुक्रबार राति लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

पाल्पा पहिरो : मृत्यु हुनेको संख्या ३ पुग्यो

घाइते गुरुङलाई उद्धार गरी मेडिकल कलेजमा ल्याइएको र उपचारकै क्रममा शुक्रबार राति साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार शवको पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको छ । पहिरोमा पुरिएर ४५ वर्षीय वीरबहादुर गुरुङ र ४ वर्षीय आरम्भ परियारको घटनास्थलमै मृत्यु भएको थियो । पहिरोले बगाउँदा ७ जना घाइते भएका थिए भने ७ जनाले पहिरोमा भागेर ज्यान जोगाएका थिए ।

पीडित परिवार कल्याणी आधारभूत विद्यालयको भवनमा आश्रय लिएका छन् । उनीहरुलाई सत्यवती खानी, डोलोमाइट चुनढुंगा, रेडक्रस, लायन्स, कांग्रेस पाल्पाले राहत वितरण गरेको छ । माथिल्लो भेगमा रहेको खानी उद्योगले थुपारेका डेबरेजका कारण यहाँ ठूलो पहिरो खसेको हुन सक्ने वडाध्यक्ष दलबहादुर दर्लामीले बताए ।


प्रकाशित : असार २६, २०७८ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×