कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

१४ घण्टापछि सुनवलको डाइभर्सनबाट हलुका सवारी वारपार

नवीन पौडेल

परासी — अविरल वर्षाको कारण बुधबार बिहान ४ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवलमा बगाएको डाइभर्सनबाट १४ घण्टापछि हलुका सवारी सञ्चालनमा आएको छ । वर्षाको कारण बाढी आएपछि डाइभर्सन निमार्णमा ढिलाइ भएको थियो । 

१४ घण्टापछि सुनवलको डाइभर्सनबाट हलुका सवारी वारपार

बुटवल नारायणगण सडक विस्तारको क्रममा सुनवल नगरपालिकका ५ बनकट्टी र वडा नम्बर १३ बडेरामा पुल निमार्णको क्रममा डाइभर्सन बनाइएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी राजु लामाका अनुसार सडक विभाग र सुरक्षाकर्मीले संयुक्तरुपमा प्रयास गरेर साँझ ६ बजेदेखि हलुका सवारी मोटरसाइकल र साना कार आवातजावत गर्न थालेको बताए ।

दुईवटा स्थानमा डाइभर्सन बगाएको कारण निमार्णमा ढिलाइ भएको हो । सवारीसाधनको चाप बढी भएपछि प्रहरीले वैकल्पिक बाटो हुँदै सवारी साधनलाई गन्तव्यमा पठाएको छ । पश्चिमबाट आउने सवारीलाई सुनवल हुँदै परासीबाट भुमही र पूर्वबाट आउने सवारीलाई भुमहीबाट परासी हुँदै सुनवलबाट वैकल्पिक व्यवस्था गरिएको छ ।

प्रकाशित : असार १६, २०७८ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?