३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

एक घण्टामा २० हजार रुखबिरूवा रोपियो

अमृता अनमोल

बुटवल — एकै स्थानमा एक घण्टामा २० हजार रुखबिरूवा रोपिएको छ । लुम्बिनी प्रदेशको उद्योग वन तथा वातावरण मन्त्रालयले वनको अतिक्रमित १५ हेक्टर क्षेत्रफलमा सोमबार उक्त बिरुवा रोपेको हो ।

एक घण्टामा २० हजार रुखबिरूवा रोपियो

नवलपरासी पश्चिमको सुनवलस्थित कोटहीदेवी सामुदायिक वन उपभोक्ता समितिको व्यवस्थापनमा बृहत्तर वृक्षारोपण कार्यक्रम गरिएको हो । जहाँ खयर, टिक, मसला, ज्याकारान्डा, राजवृक्ष, कदमलगायत प्रजातिका बिरुवाहरु लगाइएको छ । सामुदायिक वनको अतिक्रमीत २९ हेक्टर क्षेत्रफल वनलाई तारबार गरी पहिलो चरणमा १५ हेक्टरमा वृक्षारोपण थालेको उद्योग वन तथा वातावरणमन्त्री कल्पना पाण्डेले बताइन् ।

'रुख रोपाैं, वन जोगाऔं' भन्ने नारासहित सुरु भएको वृक्षारोपण कार्यक्रमको उद्घाटन मुख्यमन्त्री शंकर पोखरेलले गरेका थिए । प्रकृति संरक्षण, वन विकास र काठजन्य पैदावारमा आत्मनिर्भर बनाउन वृक्षरोपण सुरु गरेको उनले बताए । संघीय सरकारको अगुवाइमा सुरु भएको राष्ट्रिय वृक्षारोपण दिवसलाई प्रदेशबाट साथ दिँदै तेस्रो वर्ष मनाइएको उनले जनाए ।

प्रकाशित : असार १४, २०७८ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?