पाल्पामा अलकत्रा पकाउने गाडीमा आगलागी, दुई जना घाइते
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
पाल्पा — तानसेन नगरपालिका–६, होलाङ्दी–ढुंगाखानी सडकमा कालोपत्र गर्न अलकत्रा पकाइएको गाडीमा आगलागी हुँदा दुई जना श्रमिक घाइते भएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![पाल्पामा अलकत्रा पकाउने गाडीमा आगलागी, दुई जना घाइते](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/miscellaneous/gadi-jalyo-2-2762021103608-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
लु २ क ४३६९ नम्बरको डिस्ट्रिब्युटर सवारी अलकत्रा बिछ्याउने क्रममा आइतबार आगलागी हुँदा गुल्मीको इस्मा गाउँपालिका–२, का २० वर्षीय बासु मुखिया र सोही स्थानका २१ वर्षीय तेजबहादुर कुमाल घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागी निभाउन पुगेको तानसेन नगरपालिकाको दमकल भने मोटर बिग्रिएर पानी फाल्न नसकेपछि गाडी पूर्णरुपमा जलेर नष्ट भएको छ । गाडीमा रहेका सिलिन्डर पड्किएकाले प्रहरी र स्थानीयले आगो निभाउन सकेनन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)