कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०८

पाल्पामा अलकत्रा पकाउने गाडीमा आगलागी, दुई जना घाइते

माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका–६, होलाङ्दी–ढुंगाखानी सडकमा कालोपत्र गर्न अलकत्रा पकाइएको गाडीमा आगलागी हुँदा दुई जना श्रमिक घाइते भएका छन् ।

पाल्पामा अलकत्रा पकाउने गाडीमा आगलागी, दुई जना घाइते

लु २ क ४३६९ नम्बरको डिस्ट्रिब्युटर सवारी अलकत्रा बिछ्याउने क्रममा आइतबार आगलागी हुँदा गुल्मीको इस्मा गाउँपालिका–२, का २० वर्षीय बासु मुखिया र सोही स्थानका २१ वर्षीय तेजबहादुर कुमाल घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागी निभाउन पुगेको तानसेन नगरपालिकाको दमकल भने मोटर बिग्रिएर पानी फाल्न नसकेपछि गाडी पूर्णरुपमा जलेर नष्ट भएको छ । गाडीमा रहेका सिलिन्डर पड्किएकाले प्रहरी र स्थानीयले आगो निभाउन सकेनन् ।

प्रकाशित : असार १३, २०७८ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×