कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

डीएपी मल गलेन

प्यूठान — प्यूठान नगरपालिका–८, तल्लो गेजबाङका मुलुकबहादुर थापाले एक महिनाअघि मकैमा डीएपी र युरिया मल हालेका थिए । मकैका बोट सप्रियून् भनेर हालेको डीएपी मल माटोमा बिलाएन । अझै बारीमै छ । ‘मकै राम्रो होला भनी राखेको मल बारीमा जस्तो छरेको हो उस्तै छ,’ उनले भने, ‘कस्तो खालको मल परेछ हो ?’ एक महिनासम्म पनि मल माटोमा नगलेर उस्तै अवस्थामा रहेपछि अचम्ममा परेको उनले बताए । गाउँकै सहकारीमार्फत उनले मल किनेका थिए ।

गत जेठ १९ गते रोपाइँका बेला खेतमा छरेको मल १० दिनपछि हेर्न जाँदा पनि उस्तै अवस्थामा रहेको थियो । ‘पानी नभएर नबिलाएको पनि होइन,’ उनले भने, ‘आकाशबाट दैनिकजसो पानी परेकै छ ।’ बारीमा मात्रै नभएर थापाको खेतमा धान रोप्ने समयमा राखेको मल पनि १५ दिनसम्म उस्तै छ ।

गेजबाङकै ज्ञानबहादुर थापाको समस्या पनि उस्तै छ । जेठ २० गते धान रोपाइँ गर्ने समयमा खेतमा डीएपी मल हालेका उनको २१ दिनसम्म पनि मल बिलाएको छैन । खेतमा हिलोसँगै राखेको मल पानीमा नबिलाउँदा उनी आश्चर्यमा परेका छन् ।

कमसल खालको मल साल्ट ट्रेडिङले बिक्री गरेको आरोप स्थानीयले लगाए । बल्लतल्ल लाइन लागेर र महँगो मूल्य तिरेर किनेको मल पनि गुणस्तरीय नभएपछि सरकारीस्तरबाटै यसको खोजी गर्नुपर्ने माग किसानले उठाएका छन् ।

प्रकाशित : असार १२, २०७८ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×