कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

पाल्पामा मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, १ घाइते

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गको झुम्सामा बिहीबार मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

तिनाउ गाउँपालिका–३, झुम्सा नजिकै भएको मोटरसाइकल दुर्घटनामा बर्दिया बाँसगढी नगरपालिका–६, का ३६ वर्षीय जग्गु डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए ।

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६७ प ५९११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल घाइते भएका डाँगीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बर्दिया बाँसगढी नगरपालिका–६ कै ३० वर्षीय दीपेन्द्र चौधरी रहेको प्रहरीले जनायो ।

मोटरसाइकलमा सवार दुवैजना झुम्सा चौकीभञ्ज्याङ भित्री सडक मर्मतको काम गर्ने कामदार हुन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १०, २०७८ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?