कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तुलसीपुर–सल्यान सडक दुई दिनदेखि अवरुद्ध

दुर्गालाल केसी

दाङ — लगातारको वर्षाले पहिरो आउँदा तुलसीपुर–सल्यान सडकखण्ड दुई दिनदेखि अवरुद्ध छ ।

कपुरकोट नजिक पहिरो आउँदा बुधबारदेखि सडक बन्द भएको र अहिलेसम्म खुल्न नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए । सडक खुलाउने काम निरन्तर चलिरहे पनि अझै सम्भव नभएको उनले बताए ।

जिल्लामा ४१ वडाहरु बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा १० स्थानीय तहका १ सय वडाहरुमध्ये ३५ वटा वडा बाढी र ६ वटा वडा पहिरोको उच्च जोखिममा रहेको उल्लेख गरिएको छ ।

देउखुरीको राप्ती नदी आसपासमा बाढीको जोखिम भएकाले त्यस क्षेत्रमा प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

प्रकाशित : असार ३, २०७८ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?