कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा पनि निषेधाज्ञा खुकुलो

पुस्तक पसल, बिमा, लघुवित्त, सहकारी कार्यालय पनि बिहान ११ बजेसम्म खोल्न पाउने
माधव अर्याल

पाल्पा — जिल्ला प्रशासन कार्यालय पाल्पाले जारी निषेधाज्ञा आगामी असार १२ गते रातिसम्मका लागि थप गरेको छ । निषेधाज्ञा केही खुकुलो पारिए पनि उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए । 

पाल्पामा पनि निषेधाज्ञा खुकुलो

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले सरकारले जारी गरेको कोभिड १९ सम्बन्धी अध्यादेशअनुसार निषेधाज्ञा थप गरेको प्रजिअ पाण्डेयले बताए ।

जिल्लामा निषेधाज्ञा चौथो पटक थप भएको हो । जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेकोले निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रजिअ पाण्डेयले बताए । पछिल्लोपटक निषेधाज्ञाका प्रावधान केही खुकुलो बनाइएको छ । अत्यावश्यक सामग्री, तरकारी, खाद्यान्नलगायतका पसल बिहान ७ बजेदेखि १० बजेसम्म खुल्दै आएकामा अब एक घण्टा थप गरिएको छ ।

यही अवधिमा बैंक तथा वित्तीय संस्था, सहकारी, लघुवित्त, बीमा कार्यालय, रेमिटेन्सका कार्यालय पनि खोल्न पाइनेछ । यसअघि बन्द रहेका पुस्तकपसलसमेत बिहान ७ बजेदेखि ११ बजेसम्म खोल्न पाइनेछ । शैक्षिक सत्र सुरु भएकाले पाठ्यपुस्तक विक्रीमा सहजीकरणका लागि पुस्तक पसल खोल्ने निर्णय भएको प्रजिअ पाण्डेयले बताए ।


प्रकाशित : असार १, २०७८ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?